अब एप स्टोरमा एप्पलका एपहरुलाई रेटिङ गर्न पाइने

  • Technology Khabar | १५ आश्विन २०७८, शुक्रबार
अब एप स्टोरमा एप्पलका एपहरुलाई रेटिङ गर्न पाइने

काठमाडौं ।

एप्पलले अबदेखि आफ्नो एप स्टोरमा भएका एपहरुलाई रेटिङ गर्न दिने भएको छ।

हालै ९टू५म्याक ले उल्लेख गरे अनुसार एप्पलले एप स्टोरमा रहेका सफ्टवयर तथा एपहरुरुको रेटिङ र रिभ्यू गर्ने फिचर उपलब्ध गराएको हो।

एपस्टोरमा रहेका एपहरुको रिभ्यू भने गुगल तथा जीमेलजस्ता तेस्रो पक्षका एपहरुको तुलनामा निकै कम रहेको ९टू५ म्याकले उल्लेख गरेको छ।

मानिसहरुले एप्पलका कतिपय एपहरुलाई निकै कम रेटिङ दिएका छन्। एप्पलको पडकास्ट क्लाइन्टको रेटिङ २ स्टार रहेको छ भने एप्पल न्यूजको रेटिङ २.३ स्टार रहेको छ।

एप्पलको म्याप्सले भने आफ्नो पहिलेको अवस्थामा केही सुधार ल्याउँदै ३ स्टार रेटिङसम्म पुर्याएको छ। अन्य तेस्रो पक्षका सफ्टवयर झैं केही उपभोक्ताले रेटिङको आधार डिजाइन नभइ प्राविधिक समस्यालाई बनाएका छन्।

यो नयाँ परिवर्तनले एप्पलको एप स्टोरलाई राम्रो बनाउने र कम्पनीलाई पनि यस्ता आलोचना हरु केलाएर त्यसै अनुसारको सुधार ल्याउन वा जवाफ दिन सघाउने बुझिएको छ।

एपिकसँगको मुद्दाका कारण एप्पलले आफ्ना एपसम्बन्धी नीतिमा परिवर्तन ल्याउनु परेको छ। हाल उसले आफ्ना एपलाई मात्रा बढावा दिनुको सट्टा साना डेभलपरको हिस्साबाट काटिने रकम पनि कम गरेको छ।

प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार