पिनाकिन टेक्नोलोजिजको पूजाथाली डट कम र ई-नर्सरी नेपाल डट कम सुरु

  • Technology Khabar | १५ आश्विन २०७८, शुक्रबार
पिनाकिन टेक्नोलोजिजको पूजाथाली डट कम र ई-नर्सरी नेपाल डट कम सुरु

काठमाडौं ।

बिजया दशमीको शुभ अवसर पारेर पिनाकिन टेक्नोलोजिज प्रालिले पूजाथाली डट कम र ई-नर्सरी नेपाल डट कमको सेवा सुरु गरेको छ।

कम्पनीका निर्देशक सुजित ज्ञवालीका अनुसार धर्म र संस्कार अनुसारका हरेक चाडपर्व र पूजाआजाको लागि चाहिने हरेक सामान पूजाथाली डट कमले उपलब्ध गराउँछ।

“कुन पूजाको लागि के के सामान चाहिन्छ ? कति कति चाहिन्छ ? ति सामानहरु कहाँ कहाँ पाईन्छ ? यि सबै प्रश्नको एउटै जवाफको रुपमा हामीले पूजाथाली सुरु गरेका हौँ,” उनले भने ।

पूजाथाली डट कम (pujathaali.com) मा यसका साथै बिभिन्न देव देवताका मुर्तिहरु र पूजाको लागि चाहिने तामा तथा पित्तलका भाडाहरु पनि सुपथ मुल्यमा पाईने कम्पनीले जानकारी दिएको छ।

सोही कम्पनीले ४ महिना अगाडिदेखी सम्पूर्ण फल, फुल तथा सजावटका बोट बिरुवाहरु, बिभिन्न किसिमका गमलाहरु साथै मल, किट्नाशक र घरेलु उद्यानका लागि चाहिने औजारहरु उपलब्ध गराउने ई-नर्सरी नेपाल (enurserynepal.com) को सेवा सुरु गरिसकेको छ।

प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार