फेसबुकले प्रतिबन्धित सामग्रीका विषयमा रुसमा ठूलो रकम जरिबाना तिर्नुपर्ने संकेत

  • Technology Khabar | १५ आश्विन २०७८, शुक्रबार
फेसबुकले प्रतिबन्धित सामग्रीका विषयमा रुसमा ठूलो रकम जरिबाना तिर्नुपर्ने संकेत

काठमाडौं ।

रुसी अधिकारीहरुले बिहीबार सामाजिक सञ्जाल फेसबुकलाई वार्षिक कमाइको १० प्रतिशतसम्म जरिबाना हुन सक्ने चेतावनी दिएका छन्।

राज्यले अवैध ठहराएका सामग्री हटाएमा उक्त जरिबाना नहुने तर अटेर गरेमा ठूलो रकम चुकाउनु पर्ने नियामकहरुको भनाइ छ।

अमेरिकी ठूला प्रविधि कम्पनीहरु विरुद्ध कडाइका साथ प्रस्तुत हुने क्रममा राज्यको सञ्चार नियामक संस्था रोस्कोम्नाजोरले रोयटर्सलाई बताए अनुसार उसले रुसमा रहेका फेसबुकका प्रतिनिधिलाई आधिकारिक पत्र पठाएर एप्लिकेशनले पटक पटक त्यस्ता सामग्री डिलिट गर्न दिइएको आग्रह लत्याएको जानकारी दिनेछ।

यदि यो अवस्था नसुल्झाइए उक्त जरिबाना फेसबुकको रुसमा भएको वार्षिक आम्दानीको ५ देखि १० प्रतिशतसम्म हुनसक्ने ती अधिकारीले बताए।

फेसबुकले गरेको नियम उल्लङ्घनमा बालबालिकासम्बन्धी अश्लील सामग्री, लागुऔषध तथा अतिवादी सामग्री नहटाएकोलगायतका रहेको स्थानीय पत्रिका भेदोमोस्तीले लेखेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार