
काठमाडौं ।
स्टेलान्टिस कम्पनी अन्तर्गतको कार निर्माता कम्पनी ओपलले चिप अभावका कारण आफ्नो जर्मनीमा रहेको प्लान्ट यो वर्षको अन्त्यसम्म बन्द गर्ने घोषणा गरेको छ।
ओपलका एक प्रवक्ताले आईसी इन्जिनयुक्त तथा हाइब्रिड कार बनाउने एइसेनाक प्लान्टको उत्पादन सन् २०२२ मा पुन शुरु गरिने बताए।
उक्त प्लान्टमा काम गर्ने लगभग १३०० कर्मचारालाई अस्थायी बिदा दिइने ओपलको भनाइ छ। फ्रान्समा रहेको प्लान्टबाट भने उत्पादन हुने कम्पनीको बुझिएको छ।
स्टेलान्टिसले यूरोप र क्यानडालगायतका अरु प्लान्टहरुको उत्पादन रोकेको छ भने यस वर्ष चिप अभावका कारण कम्पनीले १४ लाख थान कम कार बनाउने प्रक्षेपण पनि गरेको छ।
प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार