कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

  • Technology Khabar | १४ आश्विन २०७८, बिहीबार
कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

काठमाडौं ।

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ। पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच बृद्धि गर्ने उदेश्यसहित योजना ल्याएको कम्पनीले जनाएको छ।

डिम्याट खाता सम्बन्धि समस्याबाट गुज्रीरहेका हरेक खातावालले समेत यो योजनाबाट लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको छ। कम्पनीका अनुसार सरकारको ‘एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत निशुल्क हितग्राही खाता खोल्न सकिनेछ।

खाता खोल्नका लागि अनलाइनमार्फत निबेदन दिन सकिने कम्पनीले जनाएको छ। कुमारी बैंकका सबै शाखा र क्यापिटलका कार्यालयबाट खाता खोल्न सकिनेछ।

कम्पनीका अनुसार निस्शुल्क लगानी परामर्श, खाता खोल्ने ग्राहकलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा वार्षिक २५ प्रतिशत छुट, आफूसँग भएको भौतिक सेयरलाई तुरुन्तै डिम्याट खातामा ल्याउने व्यवस्था लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार