अकामाइद्वारा साइबर सुरक्षा संस्था गार्डिकोरको स्वामित्व ग्रहण

  • Technology Khabar | १४ आश्विन २०७८, बिहीबार
अकामाइद्वारा साइबर सुरक्षा संस्था गार्डिकोरको स्वामित्व ग्रहण

काठमाडौं ।

अकामाइ टेक्नोलोजिजले कन्टेन्ट डेलिभरी नेटवर्कको साइबर सुरक्षाको अझ मजबुत प्रत्याभूतिका लागि साइबर सेक्युरिटी फर्म गार्डिकोरको स्वामित्व लिएको छ।

यो कारोबारका बारेमा बुधबार सार्वजनिक गरिएको  र यसका लागि अकामाइले ६० करोड डलर तिर्ने बुझिएको छ।

इजरायलको तेल अभिभमा रहेको गार्डिकोर एउटा साइबर सुरक्षा कम्पनी हो र यसले संघसंस्थाहरुलाई माइक्रो-सेगमेन्टेशन सोलुशन प्रदान गर्दै आइरहेको छ। यो सोलुशनले कर्पोरेट नेटवर्कमा हुन सक्ने सम्भाव्य साइबर हमलालाई रोक्ने तथा एप्लिकेशनहरुलाई सुरक्षित राख्ने कम्पनीको दावी छ।

यो सफ्टवयर जिरो ट्रस्ट तथा कडा इजाजत आर्किटेक्चरमा आधारित भएकाले सार्वजनिक, निजी तथा हाइब्रिड क्लाउड प्लेटफर्मलाई सुरक्षित राख्ने बताइएको छ।

अकामाइका अनुसार यो सफ्टवयर कम्पनीको जिरो ट्रस्ट सुरक्षा पोर्टफोलियो हो जसमा वेब एप्लिकेशन फायरवाल,  जिरो ट्रस्ट नेटवर्क एक्सेस, डोमेन नेम सिस्टम फायरवाल तथा अकामाइको सेक्योर वेब गेटवे समावेश रहेको छ।

एजेन्सीका साथमा 

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...