कोभिडसम्बन्धी विश्वासिलो डाटा वेबसाइट अस्ट्रेलियाका १५ वर्षीय किशोरहरुले चलाएको खुलासा

  • Technology Khabar | १४ आश्विन २०७८, बिहीबार
कोभिडसम्बन्धी विश्वासिलो डाटा वेबसाइट अस्ट्रेलियाका १५ वर्षीय किशोरहरुले चलाएको खुलासा

काठमाडौं ।

अस्ट्रेलियाको सबैभन्दा आधिकारिक कोभिड-१९ ट्र्याकिङ वेबसाइट तीन किशोरहरुले चलाएको खुलेको छ।

न्यूसाउथवेल्सका प्रिमियर ग्लेडिज बेरेजिकिलियानले खोपको दर ट्र्याक गर्दै सोमबार यसको पछिल्लो आँकडा सार्वजनिक गरिन्।

उनले न्यूसाउथवेल्मा ८५ प्रतिशतले कोभिड-१९ को खोप लगाइसकेको र यो सङ्ख्या बढ्ने बताउँदै बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह पनि गरिन्।

यसरी लाखो तथ्याङ्क ट्र्याक गर्नु असहज र निकै समय खपत हुने काम हो। यसै कामका लागि अस्ट्रेलियामा सबैभन्दा विश्वासिलो मानिएको वेबसाइट मेलबर्नका तीन किशोरहरुले व्यवस्थापन गरेको खुलासा भएको छ।

कोभिडबेसएयू नामको उक्त साइटले अप्रिल २०२१ देखि कोभिडका संक्रमित, अस्पताल भर्ना भएका, मरेका तथा खोप लगाएकाहरुको तथ्याङक अस्ट्रेलिया तथा विश्वको छुट्टा छुट्टै प्रकाशन गर्दै आइरहेको छ।

यो मेलबर्नका कोडिङ र मिडियामा रुची राख्ने तीन किशोरहरुले शोखका रुपमा शुरु गरेका थिए। उनीहरुको साइट अस्ट्रेलियाकै सबैभन्दा विश्वासिलो सूचनाको स्रोत बनेको छ।

महिनोसम्म ती किशोरहरुले सार्वजनिक हुन चाहेनन्। तर हालै ट्विटरमा खोप लगाएको फोटो पोस्ट गरेपछि उनीहरु नै कोभिडबेसएयूका सञ्चालक रहेका तथ्य बाहिरिएको हो।

ज्याक तथ उनका साथीले आफ्नो वेबसाइटको माग चुलिइरहँदा पनि विद्यालयलाई पनि सँगसँगै अगाडि बढाइरहेको बताए।

उनले अस्ट्र्लियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले आफूहरुलाई बधाइ दिएको तथा भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकृतले आफ्ना साइटका सामग्री रिट्विट गरेपछि हाैसिएको बताए।

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...