गुगलद्वारा एन्ड्रोइड फोन निर्माताहरुसँग भएको साझेदारीको बचाऊ, लोभ र त्रास देखाएको आरोपको खण्डन

  • Technology Khabar | १४ आश्विन २०७८, बिहीबार
गुगलद्वारा एन्ड्रोइड फोन निर्माताहरुसँग भएको साझेदारीको बचाऊ, लोभ र त्रास देखाएको आरोपको खण्डन

काठमाडौं ।

अल्फाबेट इंक अन्तर्गतको कम्पनी गुगलले ५ अर्ब यूरो बराबरको जरिबाना भएको एन्ड्रोइड फोन निर्माताहरुसँगको सम्झाैताको बचाउ गरेको छ।

कम्पनीले आफूहरुले ती कम्पनीहरुमा लोभ र त्रास दुवै प्रयोग गरेर प्रतिस्पर्धीहरुलाई टिक्न नदिएको ईयूको आरोपको भने खण्डन गरेको छ।

यूरोपको हालसम्मकै दोस्रो ठूलो अदालती जरिबाना तथा एन्ड्रोइड डिभाइसहरुमा सर्च इन्जिनको वर्चस्वमा लगाम लगाउने यूरोपियन कमिशसनको आदेशको फैसला उल्ट्याउने आशामा रहेको गुगलले १ हप्ता लामो सुनुवाइका क्रममा दोस्रो दिन आफ्नो भनाइ राखेको हो।

गुगलका वकिल तथा ईयू प्रतिस्पर्धा निकायका अधिकारीहरुबीच फोन निर्माताहरुले गुगल प्लेको सेवा निशुल्क लिनका लागि गुगल सर्च एप तथा क्रोम ब्राउजर एप प्रि इन्स्टल गर्नुपर्ने कम्पनीको मोबाइल एप्लिकेशन डिस्ट्रिब्युशन एग्रीमेन्ट एमएडीएका बारेमा निकै विवाद चर्किएको थियो।

‘यो लाइसेन्सिङ मोडलले ओईएम अर्थात् मोबाइन निर्माताहरुलाई एन्ड्रोइड प्लेटफर्मतर्फ आकर्षण गर्छ र उनीहरुले यसमार्फत् कम शुल्कमा निरन्तर र उच्च गुणस्तरको यूजर एक्स्पिरियन्स प्रदान गर्न मद्दत गर्छ’, गुगलका वकिल अल्फोन्सो लामाड्रिडले अदालतलाई बताए।

उनका अनुसार मानिसहरुले गुगल दबाबमा परेर नभइ आफ्नै खुशीले चलाउने पनि उल्लेख गरे।

कमिसनका वकिल कार्लोस यूर्रास्का क्याभिएडेसले उक्त विचारलाई नकार्दै गुगलले हाल गरेको सम्झोता र अन्य निषेधहरु उसको ‘लोभ र त्रास’ को नीति भएको आरोप लगाएका थिए।

यसको फैसला अर्को वर्ष आउने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार