अमेरिका र ईयूबीच चिप आपूर्ति, प्रविधि नीति तथा चीनसँगको व्यापारमा मिलेर काम गर्ने सहमति

  • Technology Khabar | १४ आश्विन २०७८, बिहीबार
अमेरिका र ईयूबीच चिप आपूर्ति, प्रविधि नीति तथा चीनसँगको व्यापारमा मिलेर काम गर्ने सहमति

काठमाडौं ।

अमेरिका तथा यूरोपियन यूनियन सेमिकन्डक्टर आपूर्ति श्रृङ्खला मजबुत बनाउन, चीनको गैर बजार व्यापार प्रवृत्तिमा अंकुश लगाउन तथा ठूला वैश्विक प्रविधि कम्पनीको नियमनका लागि संयुक्त कदम चाल्ने सम्बन्धमा बुधबार सम्झाैता गरेका छन्।

यूएस- ईयूबी ट्रेड एन्ड टेक्नोलोजी टीटीसी नामको एउटा नयाँ फोरम सार्वजनिक गर्दै दुवै महादेशका वरिष्ठ क्याबिनेट अधिकारीहरुले सम्वेदनशील दोहोरो प्रयोग हुने प्रविधिका लागि निर्यात नियन्त्रणको छानबिनमा सहयोग गर्न तथा आर्टिफिसियल इन्टेलिजेन्सको विकास लगानी सहयोग गर्न आग्रहर गरेका थिए।

दुवै पक्षले जारी गरेको विज्ञप्तिमा चीनका बारेमा उल्लेदख नगरिए पनि यस्तो लेखिएको छ, ‘हामी गैर-बजार अर्थतन्त्रद्वारा लादिएको र विश्वकै व्यापार प्रणालीलाई आक्रान्त पारिरहेको समस्याजस्ता पक्षपाती व्यापारिक गतिविधिबाट आफ्ना व्यापार, उपभोक्ता तथा कर्मचारीहरुलाई जोगाउन संयुक्त रुपमा प्रतिबद्ध छाैं।’

बाइडेन प्रशासनले पूर्व राष्ट्रपति ट्रम्पले लगाएको कर कायमै राखेको तर चीनसँग विभिन्न संस्थामार्फत् सहकार्य गर्ने नीति लिएको छ।

हालको बैठक अमेरिकाका सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिङ्कन, वित्त सचिव जिना राइमोन्डो, अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइ, ईयूका व्यापार प्रमुख भ्लादिस डम्ब्रोस्किस तथा यूरोपियन प्रतिस्पर्धा बजारका कमिश्नर मार्गरेट भेस्टागरको सहभागिता रहेको थियो।

उनीहरुले पिट्सबर्गको एउटा रोबोटिक्स तथा एआई प्रविधि विकास केन्द्रमा बैठक गरेका थिए।

बैठकमा हालको चिप अभाव समाधान गरी भविष्यमा आउन सक्ने दीर्घकाली समस्याहरुको पहिचान गर्दै स्थानीय सेमिकन्डक्टर आपूर्ति श्रृङ्खलाललाई मजबुत बनाउने विषयमा सहमति भएको थियो।

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...