
काठमाडौं ।
फेसबुक तथा अन्य थुप्रै दूरसञ्चार सेवा प्रदायकहरुको लगानी रहेको सबसी केबल प्रोजेक्ट २अफ्रिका यो सम्पन्न हुने समयसम्मको विश्वकै सबैभन्दा लामो सबसी केबल सिस्टम हुने भएको छ।
फेसबुकले यो परियोजनामा सहभागी विभिन्न कम्पनीहरुको साझा संगठनले अफ्रिका, यूरोप तथा एसियालाई जोड्ने २अफ्रिका पर्ल्स नामक संरचना बनाउने निर्णय गरेको घोषणा गरेको हो।
फेसबुकले यो परियोजना पहिलोपटक घोषणा गर्दा २अफ्रिका अन्तर्गत समुद्रको पिँधमा ३७ हजार किलोमिटर लामो केबल बिछ्याइने बताएको थियो। अघिल्लो महिना कम्पनीले उक्त साझा संगठनले आफ्ना केबलको पहुँच ४ नयाँ ठाउँहरुमा विस्तार गर्न लागेको बताएको थियो।
ती स्थानहरुमा सिकेलेस, कोमोरोस द्विप, अंगोला तथा नाइजेरियाको दक्षिण-पूरवी क्षेत्र रहेका थिए। यो खण्डको काममा जम्मा ४५ हजार किलोमिटर केबल बिछ्याइने बताइएको थियो।
२अफ्रिकाले यसको नाम झैं अफ्रिकाका वासिन्दाका लागि इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।
यसलाई भारतको मुम्बई पाकिस्तानको कराची ओमनको सलालाह तथा बाराकाह, यूएईको कल्बा र अबुधाबी, कतारको दोहा, बहराइनको मान्मा, इराकको अल्फ:, कुवेतको कुवेत तथा साउदी अरेबियाको खोबार हुँदै जोडिने बताइएको छ।
प्रकाशित: १४ आश्विन २०७८, बिहीबार