आइएमई पे मार्फत नियोटेरिकमा सामान खरिदको भुक्तानी गर्दा आकर्षक छुट पाईने

  • Technology Khabar | १४ आश्विन २०७८, बिहीबार
आइएमई पे मार्फत नियोटेरिकमा सामान खरिदको भुक्तानी गर्दा आकर्षक छुट पाईने

काठमाडौं ।

‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरे।

सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दसैँ र तिहारलाई लक्षित गरि दसैँ क्याम्पियन पनि सुरु भएको छ। दसैँ क्याम्पियन ११ असोज देखि २० कार्तिक सम्म लागु हुने कम्पनीले जनाएको छ।

क्याम्पियन अन्तर्गत नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

एक महिनासम्म चल्ने यो योजनामा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले आईआईएफई जेड एयर एचएस१४ ल्यापटप जित्न सक्नेछन् भने लजिटेक, र्यापो, रिको, आइडियाकार्ड, सेनहेइजर खरिदमा आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको अफर रहेको जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...