दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु नयाँ नेतृत्वको लागि निर्वाचनको तयारीमा

  • Technology Khabar | १४ आश्विन २०७८, बिहीबार
दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु नयाँ नेतृत्वको लागि निर्वाचनको तयारीमा

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुले निर्वाचनमार्फत आफ्नो कर्मचारी यूनियन नेतृत्व ल्याउने भएका छन् । दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुले यहि असोज १५ गते हुने चुनावमार्फत नयाँ नेतृत्व ल्याउने तयारीमा रहेका छन् ।

यसको लागि विजय कुमार राय यादव र शिवराज जैसीको नेतृत्वमा कर्मचारीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरु हाल आफू उम्मेदवार भएका समूहका लागि भोट माग्न व्यस्त रहेका छन् ।

यसअघिको प्राधिकरण कर्मचारी यूनियनले सामुहिक राजीनामा दिएसँगै निष्क्रिय रहेको दूरसञ्चार प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियन २ वर्षपछि सक्रिय हुन लागेको हो ।

हाल दुबै नेतृत्वमा रहेका उम्मेदवारहरुले आ-आफ्नो उम्मेदवारी दर्ता गरेका निर्वाचन संयोजक मिन प्रसाद अर्यालले जानकारी दिए।

“हामी मतपत्रलाई अन्तिम रुप दिने कार्य गरिरहेका छौं उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन् र १५ गते चुनाव गर्न तयार छौं,” प्राधिकरणका निर्देशक तथा निर्वाचन संयोजक अर्यालले भने ।

यो निर्वाचनले दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुले स्वतन्त्र कर्मचारी यूनियनको लागि नयाँ नेतृत्व दिनेछ। दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनमा अध्यक्ष उपाध्यक्ष सचिव कोषाध्यक्षसहित ३* सदस्यको लागि प्रतिस्पर्धा हुँदैछ।

यूनियनका लागि हाल ५३ कर्मचारीहरुले मतदान गर्ने अपेक्षा गरिएको छ ।

* यसअघि २ भएकोमा सच्याईएको छ।

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार