जेम्समा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स, अक्टोबरदेखि सञ्चालन गरिँदै

  • Technology Khabar | १३ आश्विन २०७८, बुधबार
जेम्समा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स, अक्टोबरदेखि सञ्चालन गरिँदै

काठमाडौं ।

जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनमा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स सञ्चालन हुने भएको छ । ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ भन्ने अभियानसहित डिजिटल मार्केटिङ इन्स्टिच्युसन, आयरल्यान्डसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको डिजिटल मार्केटिङ विषयसम्बद्ध छोटो अवधिको कोर्स हो।

डिजिटल माकेर्टिङ कोर्सको विषयमा विस्तृत जानकारी गराउने उद्देश्यले जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनद्वारा ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ विषयक वेबिनार कार्यक्रम आयोजना गरिएको छ। सो कार्यक्रममा डिजिटल मार्केटिङ विषयमा छोटो अवधिको कोर्समा दर्ता गर्न खोज्ने उम्मेदवारहरूको सहभागिता रहेको थियो ।

यो कोर्स डिजिटल मार्केटिङ इन्स्टिच्युसन आयल्र्यान्डसँगको साझेदारीमा जेम्स जिआइएचईले नेपालमा पहिलो पटक सञ्चालन गर्न लागेको हो ।

कार्यक्रममा डिजिटल माकेर्टिङ कोर्सका अनुमोदन प्रदायक साझेदार डा. एलेक्स टियरनी र वैश्विक साझेदार अकाउन्ट प्रबन्धक लियम सेल प्रमुख वक्ता थिए । कार्यक्रममा पर्याप्त मात्रामा उपस्थित सहभागीहरूले उक्त कोर्सको सञ्चालन, प्रमाणीकरण र परिणामसँग सम्बद्ध विविध प्रश्नहरू गरेका थिए ।

डिजिटल मार्केटिङ व्यावसायिक कोर्स तीन महिनाको कोर्स हो । यो प्रत्यक्ष अन्तक्र्रियाका साथै अनलाइन सिकाइका माध्यमबाट पनि सञ्चालन गर्न सकिने सिपमूलक कोर्स हो । डिएमआई स्वयम्ले नै प्रमाणीकरण गर्ने भएकाले यस कोर्सले विश्वव्यापी मान्यता प्राप्त गरेको बताईएको छ। डिजिटल करियरको विकास गर्ने, यस सम्बन्धी शिक्षालाई अभिवृद्धि गर्ने र व्यावसायिक सिप विकास गर्ने उद्देश्यले डीएमआईद्वारा सञ्चालन गरिएको यो कोर्स डिजिटल मार्केटिङ कोर्सहरूमा विश्वकै अग्रणी कोर्स हो ।

यस कोर्सका ८ ओटा गौण व्यावसायिक सिपका साथै १० ओटा प्रमुख मोड्युल रहेका छन् । यो कोर्स डिजिटल मार्केटिङका लागि सक्षम व्यवसायी उत्पादन गर्ने उद्देश्यले तयार पारिएको हो । माध्यमिक, स्नातक र स्नातकोत्तर उत्तीर्ण सबै तहका विद्यार्थीका साथै मार्केटिङ प्रबन्धक, कार्यकारी, साना व्यवसायी, उद्यमी र डिजिटल मार्केटिङ क्षेत्रमा काम गर्न चाहने सबैका लागि व्यावसायिक सिप अभिवृद्धिका दृष्टिले यो कोर्स निकै आवश्यक र उपयोगी रहेको कम्पनीको भनाई छ।

अक्टुबर, २०२१ को पहिलो हप्तादेखि कक्षा सञ्चालन गर्ने योजनाका साथ जिआइएचईले हाल पहिलो समूहको लागि भर्ना लिइरहेको जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...