
काठमाडौं ।
माइक्रोसफ्ट कर्पले मंगलबार यसले एपिक गेम्स इंक, अमेजन डटकम इंक र अन्य फर्महरुलाई उनीहरुको आफ्नो एप स्टोरहरु टेक्नोलोजी जायन्टको बजारमा एकीकृत गर्न अनुमति दिने बताएको छ। यसले तेस्रो पक्षिय विकासकर्ताहरुलाई थप विकल्प दिने बताईएको छ।
जब एपहरुले आफ्नै इन-एप भुक्तानी प्रणालीको प्रबन्धन गर्दछ त्यसबेला एप डेभलपरहरुको राजस्वबाट कुनै रकम कटौती नगरिने वा कमिसन नलिने रेडमण्ड, वाशिंगटनमा आधारित कम्पनीले बताएको रोयटर्सले रिपोर्ट गरेको छ।
“माइक्रोसफ्टले उद्योगलाई विन्डोजको साथ अगाडि बढाएको छ, अब एउटा खुला प्लेटफर्मको साथ खुला स्टोर हो,” एपिक गेम्सका मुख्य कार्यकारी अधिकारी टिम स्वीनीले ट्वीट गरे।
यो कदम एपिक गेम्स र एप्पल इंक एक कानूनी विवादमा अघिल्लो बर्षदेखि फसेपछि आएको छ जब फोर्टनाइट निर्माताले एप्पलको एप स्टोरमा केहि इन-एप खरिदको लागी आफ्नै इन-एप खरिद भुक्तानी प्रणाली राखेर एप्पलको ३० प्रतिशत कमिशन शुल्क प्राप्त गर्न प्रयास गरेको थियो। एजेन्सी
प्रकाशित: १३ आश्विन २०७८, बुधबार