दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकासको लागि सनराइज बैंकको सहयोग

  • Technology Khabar | १३ आश्विन २०७८, बुधबार
दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकासको लागि सनराइज बैंकको सहयोग

काठमाडौं ।

सनराइज बैंकले १४औं वार्षिक उत्सवको अवसरमा दरबार हाई स्कूल अन्तर्गत संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गर्न जोन्ता क्लबलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षकहरुलाई प्राविधिक शिक्षा सम्बन्धी तालिम प्रदान गर्न आर्थिक सहयोग गरेको बैंकले जानकारी दिएको छ।

यस अघि बैंकले भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई तीन लाख रुपैयाँ सहयोग गरेको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयलका प्रधानअध्यापक शिव राज अधिकारीको उपस्थितीमा जोन्ता क्लबका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेको बैंकले उल्लेख गरेको छ।

उक्त सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने गोल्छाले बताइन्।

प्रकाशित: १३ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...