थ्रीडी चिप नेटवर्कमा दिमागलाई कपी-पेस्ट गर्न सकिने सामसङको दावी

  • Technology Khabar | १३ आश्विन २०७८, बुधबार
थ्रीडी चिप नेटवर्कमा दिमागलाई कपी-पेस्ट गर्न सकिने सामसङको दावी

काठमाडौं ।

सामसङले दिमागको संरचनामा दिमागजस्तै चिपको विकास गर्न सके लाभदायक हुने विचार व्यक्त गरेको छ।

कम्पनीले हालै एउटा पद्धति प्रस्ताव गर्दै त्यसमार्फत् मानिसको दिमागको न्यूरोनलाई थ्रीडी न्यूरोमर्फिक चिपमा कपी-पेस्ट गर्न सकिने दावी गरेको छ।

यो प्रणाली नानोइलेक्ट्रोडका लहरमा आधारित हुने र यो ठूलो मात्रामा न्यूरोनहरु भएको ठाउँमा प्रवेश गर्ने भएकाले थ्रीडी नेटवर्कको एसएसडी चिपमा ती न्यूरोनहरुलाई पेस्ट गर्न सकिने बताइएको छ।

यो प्रविधिले वैज्ञानिकहरुले पहिलेदेखि नै चाहिरहेको दिमागको रिभर्स इन्जिनीयरिङको क्षेत्रमा काम गर्न निकै प्रभावकारी हुने सामसङको भनाइ छ।

यसले आर्टिफिसियल इन्टेलिजेन्सको शर्ट कटका रुपमा दिमागसरह नै काम गर्ने, नयाँ कुरा सिक्ने लगायतका काम गर्ने बताइएको छ। अनुसन्धाताहरुका अनुसार यो पद्धति प्रयोग हुनसके पूर्ण स्वायत्त मेशिनहरु पनि बनाउन सकिनेछ।

प्रकाशित: १३ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...