
काठमाडौं ।
चीनको अलिबाबा ग्रुप होल्डिंग लिमिटेडले टेनसेन्ट होल्डिंग्स लिमिटेडको वीच्याटबाट यसको धेरै एप्समा भुक्तानी सेवा प्रदान गर्न थालेको छ। चीनको सरकारले प्रमुख टेक फर्महरुलाई एक अर्काको सेवा र लिंक रोक्ने कार्य बन्द गर्न आदेश दिएसँगै एक आपसमा एकीकृत कार्य शुरु भएको हो।
स्थानीय टेक ब्लग ३६केआरलाई उदृत गर्दै रोयटर्सले मंगलबार रिपोर्ट गरेअनुसार अलिबाबाको फूड डिलिवरी एप एली डट मी (Ele.me), लक्जरी सामान एप ‘काओला’ र ई-बुक एप शुक्वीका प्रयोगकर्ताहरुले अब चीनको सबैभन्दा लोकप्रिय अनलाइन भुक्तानी विकल्प मध्ये एक वीच्याट पेको माध्यमबाट सामान किन्न सक्छन्।
अलिबाबाको प्रयोग भएको सामानको मार्केटप्लेस एप झियान्यु र सुपरमार्केट एप फ्रेशिपोले वीच्याट पे एकीकृतको लागी आवेदन दिएका छन्।
अलीबाबाले सो इन्टिग्रेसन भएको पुष्टि गरेको छ। पहिले, अलिबाबाको वित्तीय सम्बद्ध एन्ट समूहको वालेट अलि पे को माध्यमबाट मात्र मुख्य तरीकाले प्रयोगकर्ताहरु ती एपहरुमा भुक्तानी गर्न सक्थे।
यस महिनाको सुरुमा, उद्योग र सूचना प्रविधि मन्त्रालयले इन्टरनेट कम्पनीहरुलाई एक अर्काको लिंक र सेवाहरुलाई उनीहरुको साइटहरुमा बन्द गर्ने लामो समयदेखि चलेको अभ्यास अन्त्य गर्न भनेको थियो। यस्ता अभ्यासहरु एप प्रयोगकर्ताहरुलाई सहजै प्रतिद्वन्द्वी कम्पनीहरुको बीच सेवाहरुमा जानका लागी रोकिएका थिए।
केहि दिन पछि, टेनसेन्टको वीच्याट सन्देश एपले प्रयोगकर्ताहरुलाई प्रतिद्वन्द्वी प्लेटफर्महरुको लागी लिंकको उपयोग गर्नको लागी अनुमति दिन शुरू भयो। त्यसअघि प्रयोगकर्ताहरुलाई कुराकानीको माध्यमबाट पठाइएको तेस्रो कम्पनीको लिंकमा क्लिक गर्न अनुमति थिएन् ।
गत अप्रिलमा, एन्टिट्रस्ट नियामकहरूले अलिबाबालाई प्रतिस्पर्धी विरोधी व्यवहारको लागि २.७५ अर्ब डलर जरिवाना गरेको थियो।
प्रकाशित: १२ आश्विन २०७८, मंगलवार