राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल्स कारोबारमा क्यासब्याक अफर

  • Technology Khabar | १२ आश्विन २०७८, मंगलवार
राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल्स कारोबारमा क्यासब्याक अफर

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले दशैं, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै पोइन्ट अफ सेल्सको माध्यमबाट प्रति कारोबार एक हजार वा सोभन्दा बढीको कार्ड स्वाइप गर्दा क्यासब्याक अफर ल्याएको छ ।

देशभर विभिन्न व्यवसायहरुमा रहेको पिओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै कार्ड स्वाइप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक पाइनेछ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत क्यासब्याक, ६ देखी १० पटकको कार्ड स्वाइप मा १० प्रतिशत क्यासब्याक, ११ देखी १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत क्यासब्याक पाइने बताईएको छ।

यो योजना आगामी असोज २१ गते देखि कार्तिक २४ गतेसम्म लागू हुनेछ ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग संचालनमा रहेका छन् ।

प्रकाशित: १२ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...