
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको पूर्वाधार नभएको भए कुनै पनि संचार नहुने अवस्था रहेको बताएका छन्।
उनले आज आयोजित एक कार्यक्रममा प्राधिकरणको ट्रान्समिसन लाईनमा रहेको ब्ल्याक फाइबर पूर्वाधार नभएको भए सूचना संचार नै नहुने दाबी गरे ।
“आईसिटीको मुख्य पूर्वाधार भनेको प्राधिकरणको पूर्वाधार नै हो।” उनले भने ।
अहिलेको शुल्क वृद्धि सेयरिङ गर्नुस् भनेर गरिएको भन्दै यसलाई सहजरूपमा हेर्न आग्रह गरे।
कार्यक्रममा इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधिर पराजुलीले इन्टरनेटको तार काटेमा प्राधिकरणले नै जिम्मा लिनुपर्ने चेतावनी दिए।
“प्राधिकरणले असोज १५ गतेपछि तार काटेमा उसले नै जिम्मा लिनुपर्छ,” अध्यक्ष पराजुलीले भने ।
प्रकाशित: १२ आश्विन २०७८, मंगलवार