कुमारी बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट

  • Technology Khabar | १२ आश्विन २०७८, मंगलवार
कुमारी बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट

काठमाडौं ।

नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्द्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्ड वाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग छुट सम्बन्धि सम्झौता गरेको छ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा असोज १० गतेदेखि असोज १८ गतेसम्म सामान खरिद गर्दा अग्रीम छुट पाउने छन् ।

सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत वा २ हजार रुपैंयासम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत वा २ हजार ५०० रुपैंयासम्मको छुट पाउनेछन् ।

सहमति पश्चात् कुमारी बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरुले दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।

यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागी डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको जनाएको छ।

कुमारी बैंकले १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित: १२ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १२ आश्विन २०७८, मंगलवार