नेपाल टेलिकमको सिस्टम मर्मतको क्रममा मंगलबार एक घण्टासम्म अवरुद्ध हुनसक्ने

  • Technology Khabar | ११ आश्विन २०७८, सोमबार
नेपाल टेलिकमको सिस्टम मर्मतको क्रममा मंगलबार एक घण्टासम्म अवरुद्ध हुनसक्ने

काठमाडौं ।

नेपाल टेलिकमको सिस्टम असोज १२ गते मंगलबार एक घण्टासम्म अबरुद्ध हुनसक्ने भएको छ।

कम्पनीले आफ्नो बिलिङ्ग सिस्टमको नियमित मर्मत सम्भार कार्य गर्ने भएसँगै असोज १२ गते भोली बिहान १ः३० बजेदेखि करिब एक घण्टा सबै सेवाहरु अवरुद्ध हुनसक्ने जानकारी गराएको छ।

टेलिकमका रिचार्ज प्याकेज सब्सक्रिप्सन, ब्यालेन्स जानकारी लगाएका सेवाहरुमा केहि समय अवरुद्ध हुनसक्ने तर अन्य सेवाहरु भने सुचारु हुने जानकारी गराएको हो।

टेलिकमले आफ्ना सिस्टमहरुलाई बेला बेलामा अपग्रेड तथा माइग्रेसनको कार्य  गर्दै आएको छ।

प्रकाशित: ११ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार