
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले अमेरिकी प्रतिबन्धका बावजूद स्मार्टफोन व्यवसायमा डटेर अगाडि बढ्ने र यो व्यवसाय नबेच्ने वा नत्याग्ने प्रस्ट पारेको छ।
अमेरिकी प्रतिबन्धपछि कम्पनीको स्मार्टफोन व्यवसायमा निकै उतार चढाव आएको छ। चिप अभावका कारण ह्वावेले फाइभजी चिप किन्न पाउँदैन भने चिप निर्माताले पनि ह्वावेलाई फोरजी चिपमात्रा उपलब्ध गराउन सक्छन्।
यस हिसाबले ह्वावेले फोरजी स्मार्टफोन मात्र सार्वजनिक गर्न र बेच्न पाउँछ जसबाट उसले यो व्यवसायमा निकै घाटा व्यहोर्नुपरेको छ।
हालै ह्वावे फुल कनेक्ट कन्फ्रेन्समा कम्पनीका रोटेटिङ अध्यक्ष शु झिजुनले अन्तरवार्ता दिँदै अमेरिकी प्रतिबन्ध चलिरहँदा ह्वावेको मोबाइल फोन व्यावसायमा थुप्रै चुनोती थपिएका बताए।
उनले ह्वावेका फाइभजी फोन खरिदका लागि उपलब्ध नभएको बताउँदै यस्तो अवस्था भए पनि कम्पनीले यो व्यवसाय नरोक्ने र अरुलाई पनि नबेच्ने प्रस्ट पारे। यसबाहेक कम्पनी आफ्नो मोबाइल फोन व्यवसायलाई पुरानै लयमा फर्काउन प्रयासरत रहेको पनि बताए।
प्रकाशित: ११ आश्विन २०७८, सोमबार