
काठमाडौं ।
चिनियाँ स्मार्ट डिभाइस ब्रान्ड ओपोले हालै चीनमा के९ स्मार्ट टीभी आधिकारिक रुपमा सार्वजनिक गरेको छ।
यो टीभी के९ सिरिजको फ्ल्यागशिप मोडल भएको र यसमा साँघुरो मेटल फ्रेम डिजाइन दिइएको छ भने स्क्रीन टु बडी रेशियो ९५ प्रतिशत रहेको कम्पनीको दावी छ।
यो टीभीमा फोरके रेजोल्युशन सहितको ६० हर्ज रिफ्रेश रेटयुक्त डिस्प्ले तथा भने ३० वाटको स्पीकर दिइएको छ। कम्पनीको कलरओएस २.२ प्लेटफर्ममा चल्ने यो टीभी मल्टि डिभाइस कनेक्टिभिटी पनि सपोर्ट गर्ने बुझिएको छ।
यसअघि ओपो के९ सिरिजका ४३ ५५ र ६५ इन्च टीभीहरु सार्वजनिक गरिएका थिए। यो ७५ इन्च भर्सनले यो सिरिजलाई अझ मजबुत बनाएको कम्पनीको बुझाइ छ।
यो टीभीमा अझ राम्रो डिस्प्ले इफेक्ट उपलब्ध गराउन कम्पनीको ब्लू-रे टिमले काम गरेको बुझिएको छ।
प्रकाशित: ११ आश्विन २०७८, सोमबार