एएमडी मोबाइल प्रोसेसर बजारमा प्रवेश गर्ने, शुरुवाती साझेदारी मिडियाटेकसँग

  • Technology Khabar | ११ आश्विन २०७८, सोमबार
एएमडी मोबाइल प्रोसेसर बजारमा प्रवेश गर्ने, शुरुवाती साझेदारी मिडियाटेकसँग

काठमाडौं ।

चिप निर्माता कम्पनी एएमडीले अब मोबाइल प्रोसेसर उत्पादनमा हात हाल्ने भएकव छ।

विशेष गरी डेस्कटफ ल्यापटप तथा सर्भरका लागि प्रोसेसर उत्पादनमा चर्चित एएमडीले यो क्षेत्रमा अपेक्षा अनुरुप व्यापार नभएपछि मोबाइल क्षेत्रतर्फ लाग्न लागेको बुझिएको छ।

अहिले मोबाइल प्रोसेसरको बजार निकै लाभदायक सिद्ध भइरहेकोले अमेरिकी कम्पनी एएमडीको यो निर्णय अस्वाभाविक देखिँदैन।

हालै आएको एक रिपोर्ट अनुसार एएमडीले मिडियाटेकसँगको साझेदारीमा स्मार्टफोन तथा ट्याब्लेटका लागि चिप निर्माण गर्नेछ।

पर्सनल कम्प्युटरको चिप निर्माताहरु सामान्यतया मोबाइल चिपको क्षेत्रमा आउन नभाहने भए पनि इन्टेलले केही समयअघि यो क्षेत्रमा आउनका लागि थुप्रैं लगानी गरेको थियो।

१० वर्षअघि क्वालकमको एड्रिनो जीपीयू एएमडीले नै स्वामित्वमा लिएको थियो भने एटीआईको स्वामित्व लिएपछि मोबाइल प्रोसेसर उतपादन पनि थालेको थियो।

एएमडीको मोबाइल प्रोसेसरको दुनियाँमा सुस्त चालमा अगाडि बढ्ने बुझिएको छ। यसका लागि यसअघि नै बजारमा राम्रो पकड बनाएर व्यापार गरिरहेको चिनियाँ सेमिकन्डक्टर निर्माता कम्पनी मिडियाटेक उसको साझेदार हुने रिपोर्टमा उल्लेख छ।

प्रकाशित: ११ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार