सामाजिक सञ्जालमा वैदेशिक रोगजारीको झुटो विज्ञापन राखेर ठगी गर्ने दुई पक्राउ

  • Technology Khabar | ११ आश्विन २०७८, सोमबार
सामाजिक सञ्जालमा वैदेशिक रोगजारीको झुटो विज्ञापन राखेर ठगी गर्ने दुई पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमा ‘क्यानडामा रोजगारीको अवसर’ भन्ने विज्ञापन राखेर ठगेको आरोपमा नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ पथरी घर भएका ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनवर्षी नगरपालिका घर भएका ३७ वर्षीय प्रवेज आलम छन् ।

काठमाडौंको बानेश्वर बस्दै आएका झापाको कमल गाउँपालिका घर भएका आशिष काफ्लेलाई फेसबुकमार्फत कुरा गरेर क्यानडामा फुड प्याकिङको काम लगाइदिन्छौँ भनेर उनीहरुले ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

उनीहरुले क्यानडामा मासिक २ लाख २५ हजार तलब हुने आश्वासन देखाएर ४ लाख रुपैयाँ मागेका थिए। प्रोसेसिङ चार्जबापत भन्दै काफ्लेसँग उनीहरुले सिटी एक्सप्रेस र आइमईमार्फत ३ लाख रकम लिएको अपराध महाशाखाले जानकारी दिएको छ।

उनीहरुले त्यसरी पठाउन लगाएको रकम फरक फरक कोडमार्फत अन्य व्यक्तिहरुबाट झिक्न लगाउने गरेका थिए ।

फेसबुकमा झुटा विज्ञापन गर्ने र ह्वाट्सएपमार्फत कुरा गरेर उनीहरुले ठग्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ। उनीहरुविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ११ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ११ आश्विन २०७८, सोमबार