
काठमाडौं ।
विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलले आज आफ्नो २३ औं जन्मदिन मनाइरहेको छ। यस अवसरमा, गुगलले आफ्नो विशेष डूडल बनाएको छ, जसमा केक छ र त्यसमा ‘२३’ लेखिएको छ।
यस डूडलमा गुगलमा लेख्नेगरिएको ‘L’ को ठाउँमा एउटा मैनबत्ती राखिएको छ। यसलाई एनिमेटेड गरिएको छ। कम्पनी हरेक विशेष दिन वा उत्सवको अवसरमा आफ्नो विशेष डूडल बनाउँछ। गुगलसँग सम्बन्धित केहि विशेष कुराहरु जानौं।
धेरै पटक जन्म मिति परिवर्तन भयो
गुगलको जन्मदिन पहिले धेरै मितिहरुमा मनाईयो। गुगलले पहिलो पटक जन्मदिन २००५ सम्म ७ सेप्टेम्बरमा आफ्नो जन्मदिन मनायो। त्यसपछि सेप्टेम्बर ८ र पछि सेप्टेम्बर २६ मा, गुगलको वार्षिकोत्सव मनाईयो। तर २७ सेप्टेम्बरमा गुगलले आफ्नो सर्च इन्जिन पेजमा सर्च नम्बरको नयाँ कीर्तिमान कायम गर्यो र यस दिनबाट गुगलको जन्मदिन २७ सेप्टेम्बरमा मनाउने गरिएको छ।
१९९८ मा शुरू
गुगल १९९८ सेप्टेम्बर ४ मा क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीका दुई विद्यार्थीहरु ल्यारी पेज र सेर्गेई ब्रिनले पिएचडी गरिरहेको बेलामा शुरू गरिएको थियो। गुगलको आधिकारिक सुरुवात भन्दा पहिले, ल्यारी पेज र सर्गेई ब्रिनले यसलाई ‘ब्याकरब’ (Backrub) नाम दिएका थिए, जुन पछि परिवर्तन भयो।
दुबैले गुगलको १४ प्रतिशत शेयर हिस्सा लिएका छन् र सुपर भोटिङ्ग मार्फत ५६ प्रतिशत अधिकार लिएका छन् ।

सन् १९९८ मा यसको स्थापनापछि अमेजनका जेफ बेजोस, स्ट्यानफोर्ड युनिभर्सिटीका कम्प्युटर साइन्सका प्राध्यापक डेभिड चेरिटन र उद्यमी राम श्रीरामले एन्जल इन्भेस्टरको रुपमा लगानी गरेका थिए ।
सन् २०१५ मा, अल्फाबेट इंकलाई गुगलको पुनर्गठनको माध्यमबाट बनाईएको थियो र त्यसपछि यसको मूल कम्पनी भएको थियो साथै गुगल यसको पूर्व सहायक कम्पनी बन्यो। भारतीय मूलका सुन्दर पिचाई ३ डिसेम्बर २०१९ मा अल्फाबेटका सीईओ बने।
१०० भन्दा बढी भाषाहरुमा उपलब्ध
गुगल संसारमा सबैभन्दा धेरै प्रयोग हुने सर्च इन्जिन हो। यो १०० भन्दा बढी भाषाहरुमा खोज्न सकिन्छ। नेपालमा पनि गुगल धेरै लोकप्रिय छ र यसमा नेपाली भाषामा नै सर्च गर्न सकिन्छ। यसको लोकप्रियता समयको साथसाथै बढ्दै छ। यसको प्रयोगकर्ताहरु पनि छिटो बढ्दै छन्।
प्रकाशित: ११ आश्विन २०७८, सोमबार