श्रावण महिनामा ई-कमर्समार्फत् ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार

  • Technology Khabar | ११ आश्विन २०७८, सोमबार

काठमाडौं ।

नेपालमा नयाँ आर्थिक वर्ष २०७८ ७९ को पहिलो महिना अर्थात् श्रावण महिनाभर ई-कमर्समार्फत् ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरिएको छ।

इन्टरनेट सुविधा र आधुनिक जीवनशैलीका कारण नेपालमा ई-कमर्सका प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गएका छन्।

तर गत वैशाखको तेस्रो हप्ताबाट निषेधाज्ञा शुरु भएको र होम डेलिभरी पनि रोकिएका कारण बढ्नुपर्ने ई-कमर्सको रकम र सङ्ख्या जेठ महिनामा निकै घटेको थियो। असारमा आउँदा केही बढेको कारोबार सङ्ख्या श्रावणमा अझै बढेको हो।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा श्रावणमा ई-कमर्समार्फत् भएको कारोबार संख्या ६७ हजार ८९१ उल्लेख गरिएको छ। यो आँकडा अघिल्लो महिना अर्थात् असारको भन्दा १५ हजार ७७६ ले बढी हो।

कारोबार संख्या बढेसँगै कारोबार रकम बढ्नु स्वाभाविकै हो।

यो महिना ई-कमर्सको क्षेत्रमा ३८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ प्रतिवेदनले देखाएको छ।

प्रकाशित: ११ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...