
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले सेप्टेम्बर २७ अर्थात् आज एउटा इभेन्ट राखेर सीभी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।
कम्पनीले यसका बारेमा केही दिन अघिदेखि टिजरहरु प्रस्तुत गर्दै आइरहेको थियो। पछिल्लो टिजरमा भने कम्पनीले यो डिभाइसको ब्याट्री र चिपसेटका बारेमा जानकारी दिइएको थियो।
शाओमीले आफ्नो आधिकारिक वेबो एकाउन्टमा आउँदै गरेको शाओमी सीभीमा क्वालकमको स्न्यापड्रागन ७७८जी चिपसेट रहने पुष्टि गरेको हो। यो चिपसेट शाओमीको ११ लाइट एनई फाइभजीलगायत अन्य थुप्रै स्मार्टफोनमा पनि प्रयोग भरिएको छ।
यो चिपसेटले सीभी स्मार्टफोनलाई कम्तीमा ३ वर्षसम्म राम्रो प्रदर्शन गर्न सहयोग गर्ने कम्पनीको दावी छ।
यसबाहेक कम्पनीद्ये यो डिभाइसमा ४५०० एमएएच क्षमताको ब्याट्री राखिएको पनि प्रस्ट पारेको छ।
यसअघि आएका टिजरहरुमा शाओमीको सीभी स्मार्टफोन भिभो र ओपोजस्तै देखिने बुझिएको थियो। यसका त्रिकोणकारमा क्यामरा सेटअप, पछाडिपट्टि शिशाको प्रयोग, कर्भ्ड डिस्प्ले, पन्च होल सेल्फी क्यामरा तथा मेटल फ्रेमजस्ता विशेषताहरु रहेका छन्।
प्रकाशित: ११ आश्विन २०७८, सोमबार