भारतमा नयाँ सिम लिने नियममा परिवर्तन, अब कागजी फाराम भर्नु नपर्ने

  • Technology Khabar | ११ आश्विन २०७८, सोमबार
भारतमा नयाँ सिम लिने नियममा परिवर्तन, अब कागजी फाराम भर्नु नपर्ने

काठमाडौं ।

भारतको दूरसञ्चार विभागले मोबाइलको नयाँ सिम लिने नियममा उल्लेख्य परिवर्तन गरेको छ।

यो नयाँ परिवर्तन अनुसार नयाँ सिम लिन तथा प्रिपेडलाई पोस्टपेडमा बदल्नका लागि कागजी फाराम भरिरहनु नपर्ने भएको छ।

नियम अनुसार अबदेखि ग्राहकहरुले डिजिटल फाराम भरेर नै सिम लिने वा बदल्ने गर्न सक्नेछन्। केन्द्रीय क्याबिनेट बैठकमा केन्द्र सरकारले यो निर्णयलाई अनुमोदन गरिसकेको छ।

टेलिकम डिपार्टमेन्टले ल्याएको नयाँ नियम अनुसार कसैलाई नयाँ मोबाइल नम्बर या टेलिफोन कनेक्शन चाहिएमा केवाईसी फाराम पनि पुरै डिजिटल नै हुनेछ।

नयाँ सिमका लागि कुनै डकुमेन्ट वा कागजपत्र बुझाउनु पर्ने छैन। यस्तै पोस्टपेड नम्बरलाई प्रिपेड तथा प्रिपेडलाई पोस्‍टपेड बनाउनु परेमा पनि कुनै कागजी फारमको जरुरत पर्दैन।यसका लागि डिजिटल केवाईसी नै आधिकारिक हुनेछ।

ग्राहकहरुले टेलिकम कम्पनीको एपमार्फत् नै आफैं केवाईसी फाराम भर्न सक्नेछन्। यसका लागि १ रुपैयाँमात्र तिरे पुग्नेछ। ग्राहकले यो काम वेबसाइट वा एपका माध्यमबाट केही चरणहरुमै पूरा गर्न सक्नेछन्।

नियम अनुसार १८ वर्षमुनिका व्यक्तिहरुले सिमकार्ड पाउने छैनन्।

प्रकाशित: ११ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार