रेनोको शुभ कार.–रम्भ

  • Technology Khabar | १० आश्विन २०७८, आईतवार
रेनोको शुभ कार.–रम्भ

काठमाडौं ।

नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना “रेनो शुभ कार.–रम्भ” को शुरुवात गरेको छ ।

ट्यागलाइन “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” सँगै यो योजना दशैं–तिहार २०७८ को पावन अवसरमा थुप्रै पाईने फाइदाको साथ आएको छ।

रेनोको कुनै पनि गाडीको खरिदमा ग्राहकहरुले नगद रु ३ लाख सम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरु यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागी निः शुल्क सर्भिसिंग र ५ बर्ष सम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुनेछन् ।

यी आकर्षक अफरहरु ग्राहकको खुशीका महत्वपूर्ण पलहरु हुनेछन् किनकी यसले एकातिर ग्राहकहरुलाई उत्कृष्ट लाभ प्रदान गर्दछन् भने अर्कातिर ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरुका साथ अद्भुत बनाउन सक्दछन्।

यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने जनाएको छ।

प्रकाशित: १० आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १० आश्विन २०७८, आईतवार