
काठमाडौं ।
आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका छन् ।
पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो ।
उनीहरूले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः रू.४१,५०७/– र रू.४८,०२०/– नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अनुसार आइएमईले वहाँहरू वा निजको सिफारिसमा उनीहरूका निकटका आफन्तलालाई क्रमशः रू. ८३,०१४/– र रू. ९६,०४०/– उपहार स्वरूप प्रदान गर्नेछ।
आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यही असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहिआएको छ ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने बताईएको छ।
साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ।
प्रकाशित: १० आश्विन २०७८, आईतवार