ह्वावेद्वारा आफैंले विकास गरेको ओपनयूलर अपरेटिङ सिस्टम सार्वजनिक

  • Technology Khabar | १० आश्विन २०७८, आईतवार
ह्वावेद्वारा आफैंले विकास गरेको ओपनयूलर अपरेटिङ सिस्टम सार्वजनिक

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले शनिबार ओपनयूलर नामक अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ। यो हार्मोनी ओएसपछिको कम्पनीले आफैंले डेभलप गरेको अर्को अपरेटिङ सिस्टम हो।

कम्पनीका अनुसार आफैंले उत्पादन गरेको आधारभूत प्रविधिमा आधारित समस्या समाधान गर्ने तथा अमेरिकाले लगाउने अन्य प्रतिबन्धका लागि तयारी रहने हिसाबले इकोसिस्टम तयार पार्नु रहेको बताइएको छ।

ओपनयूलर सर्भर क्लाउड तथा एज कम्प्युटिङ लगायत थुप्रै क्षेत्रमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार मल्टि डिभाइस सपोर्ट गर्ने एकत्रित अपरेटिङ सिस्टमका रुपमा अगाडि बढाउन यसको उपयोगिता सूचना प्रविधि, सञ्चार प्रविधि तथा सञ्चालन प्रविधिमा गरिनेछ।

ह्वावेले सूचना प्रविधि क्षेत्रमा सर्भर, स्टोरेज, क्लाउड सर्भिस, एज कम्प्युटिङ, बेस स्टेशन, राउटर तथा औद्योगिक नियन्त्रणजस्ता उत्पादन हरु उपलब्ध गराउँदै आएको छ।

सन् २०१९ मा ओपन सोर्स अपरेटिङ सिस्टमका रुपमा घोषणा भएको थियो। हालै सार्वजनिक भएको त्यसैको अपडेटेड भर्सन हो।

कम्पनीका रोटेटिङ अध्यक्ष एरिक शु झिजुनले हार्मोनीओएस स्मार्ट टर्मिनल, आईओटी टर्मिनल तथा औद्योगिक टर्मिनलमा तथा ओपनयूलर भने सर्भर एज कम्प्युटिङ तथा क्लाउड पूर्वाधारमा केन्द्रित हुने बताए।

प्रकाशित: १० आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार