ब्राजिलले फाइभजी मोबाइल स्पेक्ट्रम लिलामीबाट करिब १.८७ अर्ब डलर उठाउने

  • Technology Khabar | १० आश्विन २०७८, आईतवार
ब्राजिलले फाइभजी मोबाइल स्पेक्ट्रम लिलामीबाट करिब १.८७ अर्ब डलर उठाउने

काठमाडौं ।

ब्राजिलको सरकारले पाँचौं पुस्ताको ५ जी मोबाइल स्पेक्ट्रमको योजनाबद्ध लिलामीबाट ५० अर्ब रियस अर्थात करिब ९.३५ अर्ब डलर उठाउने अपेक्षा गरेको छ।

सोमबारसम्म लिलामी नियम जारी गरिने टेलिकम नियामक अनातेल सुपरिटेन्डेन्ट अब्राओ बाल्बिनोले शुक्रबार जानकारी दिएका छन्।

बाल्बिनोले भने कि कम्पनीहरुद्वारा बनाईएको अनुमानित पूँजीगत व्ययको मूल्यलाई बोलपत्रबाट छुट दिईनेछ, पूँजीगत व्ययमा ४० अर्ब रियसको खर्च हुने अपेक्षा गरिएको छ ।

बिजेता बोली लगाउने दाताहरुले ५ जी पूर्वाधारमा करिब ४० अर्ब रियास लगानी गर्न आवश्यक छ, पूँजीगत खर्चको स्तरको साथमा अक्सन बोली मूल्यको एक हिस्साको रूपमा मानिएको छ। यसको अर्थ लिलामीबाट सरकारले १० अर्ब रियस अर्थात करिब १.८७ अर्ब डलर उठाउनेछ भने बाँकी कम्पनीहरुले पूर्वधारमा लगानी गर्नुपर्नेछ।

लिलामीमा फ्रिक्वेन्सी विजेताहरुको लागी दायित्वहरुको बीचमा, उनीहरुले हजारौं स्कूलहरुलाई हाई स्पीड इन्टरनेटमा जोडेर फोरजी पूर्वाधार निर्माण गर्नको लागी ल्याउनुपर्नेछ । यो फ्रिक्वेन्सी लिलामी यहि नोभेम्बर ४ तारिखका लागि तोकिएको छ । एजेन्सी

प्रकाशित: १० आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...