
काठमाडौं ।
चीनको शांघाइमा रहेको टेस्ला फ्याक्ट्रीमार्फत् कम्पनीले यो वर्ष अर्थात् सन् २०२१ को शुरुवाती ९ महिनामा ३ लाख कार उत्पादन गर्ने लक्ष्य लिएको छ।
विश्वव्यापी चिप अभावको समस्याले सम्पूर्ण उद्योगलाई नै गाँजे पनि जुलाईदेहि सेप्टेम्बरभित्र गाडीहरु डेलिभरी गर्न निकै तीव्रता दिनुपर्ने भएकाले पनि यो लक्ष्य लिइएको कम्पननीको भनाइ छ।
यो जानकारी कम्पनीसँग सम्बद्ध दुई आधिकारिक स्रोतले उपलब्ध गराएको रोयटर्सले जनाएको छ।
उक्त फ्याक्ट्रीले स्थानीय तथा जर्मनी र जापानलगायतका विश्व बजारका लागि विद्युतीय मोडल ३ सेडान तथा मोडल वाई एसयूभी निर्माण गर्ने बताइएको छ।
नो महिनामा ३ लाख कारको लक्ष्य लिएको कम्पनीले पहिलो ८ महिनामा २ लाख ४० हजार कारहरु डेलिभरी गरिसकेको तथ्याङ्क छ। यो तथ्याङ्क चीनको चाइना पेसेन्जर कार एसोसियशनले अद्यावधिक गरेको हो।
कम्पनीका केही स्रोतले यसबारेमा आफूले केही बोल्न नमिल्ने र नाम पनि नखुलाउन आग्रह गरेको रोयटर्समा उल्लेख छ।
गत अगस्टमा गत अगस्टमा टेस्ला फ्याक्ट्री रहेको क्षेत्रका एक अधिकारीले फ्याक्ट्रीले बर्सेनि ४ लाख ५० हजार ओटा गाडी उत्पादन गर्ने र त्यसमध्ये ६६ हजार १ सय गाडीहरु अन्य देशमा निर्यात गरिने जानकारी दिएका थिए।
चीनमा डाटा सुरक्षा तथा सार्वजनिक गुनासाका समस्या धेरै आउने भएकाले टेस्लाले कानूनी तथा बाह्य सम्बन्धका साथै उपभोक्ता सेवासम्बन्धी गुनासा हेर्ने टोलीका लागि प्रबन्धकहरु पनि नियुक्त गर्ने भएको छ।
प्रकाशित: १० आश्विन २०७८, आईतवार