माछापुच्छ्रे बैंकले ल्यायो क्यासब्याक अफर, कार्डबाट भुक्तानी गर्दा उपहारहरु जित्न सकिने

  • Technology Khabar | ९ आश्विन २०७८, शनिबार
माछापुच्छ्रे बैंकले ल्यायो क्यासब्याक अफर, कार्डबाट भुक्तानी गर्दा उपहारहरु जित्न सकिने

काठमाडौं ।

माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर ल्याएको छ ।

यो अफर असोज ८ गते देखी १७ गते सम्मका लागि लागु रहने बैंकले जनाएको छ।

यस अफर अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधिभर अधिकतम २१०० सम्मको क्यास ब्याक पाउन सक्ने बताएको छ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नुहुनेछ। आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट ,सीजीको माइक्रोओभन, सामसङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ,पोलोरोइड क्यामरा,विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरु ,फुडमाण्डुबाट गिफ्ट भौचर ,भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरु रहेका छन् ।

यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५००० सम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जिभि साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ । साथै क्राटोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेटहरु र दराजबाट खरिद गर्दा ४१० रुपैयाँ सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ ।

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैंकिङ्गबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...