एचएमडी ग्लोबलले क्रिकेट टीम काठमाडौं किंग्स ११ सँग साझेदारी गर्दै

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
एचएमडी ग्लोबलले क्रिकेट टीम काठमाडौं किंग्स ११ सँग साझेदारी गर्दै

काठमाडौं ।

एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स इलेवन (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ ।

यो प्रतियोगिताको चौथो संस्करण गत वर्ष हुने तय भएको थियो तर कोभिड १९ को महामारीका कारणले यो असोज ९ गते देखि असोज २३ सम्म हुने भएको छ।

फिनल्याण्डमा डिजाइन गरिएको नोकिया ब्रान्डको इजाजतपत्र प्राप्तकर्ता एचएमडी ग्लोबलले उपभोक्ताहरुलाई एक साथ ल्याउने र देशमा आफ्नो ब्रान्डको निर्माणको लागी मार्केटिङ्ग पहलको लागी केकेएक्सआईलाई लाभान्वित गर्ने योजना बनाएको छ ।

एचएमडी ग्लोबल प्यान एसियाका जेनेरल म्यानेजर रवि कुँवरले भने, “एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्स आधिकारिक मोबाइल फोन पार्टनरको रूपमा केकेएक्सआईको साझेदारी गर्न पाउँदा र देशमा आफ्नो ब्रान्डको उपस्थितिलाई अझै सुदृढ गर्न पाउँदा निकै उत्साहित छ । एचएमडी ग्लोबलमा हामी विश्वास गर्दर्छौं कि मोबाइल टेक्नोलोजीले विश्वभरिका सबै उपभोक्ताको दैनिक जीवनमा बृद्धि ल्याउन सक्दछ र क्रिकेट खेल नेपाली जनताको लागी एक जोश हो जसलाई हामी अझ सुलभ बनाइरहेका छौँं ।”

विश्व प्रसिद्ध क्रिकेट खेलाडी शाहिद अफ्रिदी र नेपालका सुपरस्टार सन्दीप लामिछाने केकेएक्सआइका लागि एउटै टीममा एकजुट भएर खेल्नेछन् ।

प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स र पोखरा राइनोज गरी ६ वटा टीमहरु सहभागी हुनेछन् । खेलाडीहरुको सूचीमा शाहिद अफ्रिदी, र्यान पठान, ओशादा फर्नान्डो, रिचर्ड लेवी, सीकुगे प्रसन्ना जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरु पनि परेका छन् ।

ईपीएल २०२१ असोज ९ गतेबाट सुरु हुँदैछ ।

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार