सामाजिक सञ्जालबाट पार्सल पठाईदिन्छु भनी ठगी गरेको आरोपमा भारतीय संन्दिप क्षेत्री पक्राउ

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
सामाजिक सञ्जालबाट पार्सल पठाईदिन्छु भनी ठगी गरेको आरोपमा भारतीय संन्दिप क्षेत्री पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इमोबाट पार्सल पठाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
नेपाल प्रहरीले सामाजिक सन्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इमो प्रयोगकर्ता महिलालाई पार्सल पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा भारतीय नागरिक संन्दिप क्षेत्रीलाई पक्राउ गरेको हो।
फेसबुकमा नान्सि मिसेलको नामबाट फ्रेन्ड रिक्वेस्ट आए पश्चात कुराकानी हुने क्रममा आफुलाई बेलायतको नागरीक बताई कुराकानी गर्दै उनले बिश्वास कायम गरी प्रेम समेत गर्ने बताएर बिभिन्न प्रकारका उपहारहरु पार्सल पठाएको भनी बताउने गरेका थिए।
यसका साथै क्षेत्रीले बिभिन्न कागजात सहित पार्सल ट्रयाकिङ गर्ने नम्बर समेत उपलब्ध गराई पीडितलाई बिश्वासमा पारी रु. ५ लाख १० हजार ठगी गरेको पीडितको उजुरी पश्चात अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न भारतिय नागरीक संन्दिप क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय झापासंगको समन्वयमा पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा निज क्षेत्री प्रेन्टि क्रोस्टल (पानीटंकी सिलगुढी) चर्चका पादरी रहेको र चर्चको बिभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरुलाई क्रिस्चियन धर्मसंग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भनी बिश्वासमा पारी खाता खोल्न लगाई आफूले ठगी गरेको रकम निज महिलाहरुको खातामा जम्मा गरी महिलाहरु मार्फत भुक्तानी लिने गरेको खुल्न आएकोले प्रहरीले जनाएको छ।
चर्चका पादरी क्षेत्रीलाई आवश्यक कारवाहीको लागीको महानगरीय प्रहरी परिसर, काठमाण्डौंमा पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...