
काठमाडौं ।
नेपालमा २०७८ श्रावण महिनाभरिमा मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार रकम ७२ अर्ब ८७ करोड ३० लाख रुपैयाँभन्दा माथि रहेको छ।
नेपाल राष्ट्र बैंकद्वारा हालै जारी प्रतिवेदन अनुसार असार मसान्तसम्ममा मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार सङ्ख्या १ करोड ३० लाख ९९ हजार १८९ पुगेको छ।
उक्त परिमाणको कारोबार हुँदा कारोबार भएको रकम ७२ अर्ब ८७ करोड ३० लाख पुगेको हो।
यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४ अर्ब ४८ करोड रुपैयाँले बढी हो। गत वर्षको श्रावणमा १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको तथ्याङ्कमा उल्लेख छ।
एक वर्ष अघि २०७७ श्रावण महिनाको तुलनामा कारोबार सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्ष श्रावणभरमा ५९ लाख २३ हजार ४११ कारोबार भएकामा हाल यो वर्षको श्रावणमा ७१ लाख ७५ हजार ७७८ ले वृद्धि भएर १ करोड ३० लाख ९९ हजार १८९ पुगेको हो।
प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार