
काठमाडौं ।
अमेरिकी टेक जायन्ट गुगलले केही वर्ष अघि अवाञ्छित सर्च वा सुझावसम्बन्धी विस्तृत नीति सार्वजनिक गरेको थियो।
कम्पनीले यो नीति सार्वजनिक गर्नुको पछाडि योनज्नय सामग्रीको विरुद्धमा लड्नु रहेको थियो। हालै यसै तथ्यलाई थप प्रस्ट्याउन गुगलले आफ्ना गेम तथा एपको प्रचार प्रसारका लागि योनजन्य विज्ञापन प्रयोग गर्ने डेभलपरहरुलाई सूचीबाट हटाउने निर्णय गरेको हो।
कम्पनीले हालको यो कदम प्लेस्टोरलाई ‘सफा’ राख्न उठाइएको बताएको छ। सफाको मतलब कुनै पनि हानीकारक वा स्पाम सामग्रीबाट मुक्त हुनु रहेको उसले प्रस्ट्याएको छ।
प्लेस्टोरमा दशाैं लाख एप तथा गेमहरु समावेश छन्। सबै एपको परीक्षण गर्न असहज भए पनि यूजरले नै हानीकारक तथा स्पाम सामग्री भेटेर रिपोर्ट गरिदिन्छन्।
हालै गुगल प्लेस्टोरमा थुप्रै नीति उल्लङ्घनका घटनाहरु देखिए।
एलयूभी-इन्टरएक्टिभ गेम नामक एउटा गेममा समावेश गरिएको विज्ञापन योनजन्य रहेको थियो जसका बारेमा गुगलसम्म कुरा पुग्यो। गुगलले सामान् गल्ती भनेर एप स्टोरबाट गेम हटाइदियो।
पछि यस्ता सामग्री फेरि नआउन् भन्ने हिसाबले कम्पनीले उक्त गेमको डेभलपरलाई नै पनि सूचीबाट हटायो।
प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार