फ्लाइङ माइक्रोचिपले बताससँगै उडेर हावामा प्रदूषणको मात्रा पत्ता लगाउन सक्ने

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
फ्लाइङ माइक्रोचिपले बताससँगै उडेर हावामा प्रदूषणको मात्रा पत्ता लगाउन सक्ने

काठमाडौं ।

अनुसन्धाताहरुले हालै एउटा पखेटा भएको माइक्रोचिपको निर्माण गरेका छन्।

यसको आकार एउटा सानो बालुवाको दाना बराबर छ भने यो हालसम्मको उड्ने माइक्रोचिपमध्ये सबैभन्दा सानो आकारको हुन सक्ने सञ्चारमाध्यम भाइस डटकमले उल्लेख गरेको छ।

यी माइक्रोचिपहरु बतासमा उडेर रोग तथा हावाको प्रदूषण ट्र्याक गर्ने लगायत थुप्रै कामका लागि प्रयोग गर्न सकिने नेचर डटकमले एउटा लेखमा उल्लेख गरेको छ।

यसबाहेक यी माइक्रोचिपहरु जैविक रुपमा गल्ने पदार्थहरुबाट बनेकाले वातावरणीय प्रदूषण नबढाउने बुझिएको छ।

यी साना चिपहरुको डिजाइन कपास तथा सिमल लगायतका उड्ने बीउहरुबाट प्रभावित भएर गरिएको हो।

नर्थवेस्ट यूनिभर्सिटीको टोलीले यसको डिजाइन सानो तथा प्रभावकारी बनाउन निकै मेहनत गरेका थिए। ‘हामीले जीवविज्ञानलाई जित्याैं। हामी यस्ता संरचना बनाउन सफल भयाैं जुन कम तीव्र टर्मिनल गतिमा आफ्नो बाटोमा यस्ता बीउहरुभन्दा बढी स्थायी रुपमा झर्न सक्दछन्’, परियोजनाका प्रमुख प्राध्यापक जोन ए रोजर्सले भने।

यी चिपहरुमा हेलिकप्टरका सबैखाले फिचरहरु राखिएको तथा यसलाई भोतिक विज्ञानको सिद्धान्त अनुरुप उडाइने उल्लेख गरिएको छ।

यी डिभाइसहरुमा इलेक्ट्रोनिक्स, सेन्सर तथा उर्जाका स्रोतहरु सबै अटाउँछन्। उक्त टोलीले एन्टेनालगायतका थप डिभाइस राखेर थुप्रै भेरियन्ट परीक्षण गरेका थिए। यसको उद्देश्य अन्य स्मार्ट डिभाइसमा कनेक्ट गर्न सकियोस् भन्ने रहेको छ। यसबाहेकका अन्य सेन्सरले हावमा भएको अम्लको मात्रा, पानीको गुणस्तर तथा सोर्य विकिरणको अनुगमन गर्ने बुझिएको छ।

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...