आर्थिक वर्षको पहिलो महिना क्यूआर कोडमार्फत् ५ अर्बमाथिको कारोबार

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
आर्थिक वर्षको पहिलो महिना क्यूआर कोडमार्फत् ५ अर्बमाथिको कारोबार
सांकेतिक तस्बिर

काठमाडौं ।

श्रावण महिनामा क्यूआर कोडमार्फत ५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् श्रावण महिनाभरी क्यूआर कोडमार्फत भएको कारोबार संख्या १२ लाख ९३ हजार ३४९ रहेको पाइएको छ।

कारोबार संख्या बढेसँगै कारोबार रकम बढ्नु स्वाभाविकै हो।

यो महिनाभरीमा १२ लाख ९३ हजार ३४९ कारोबार्मार्फत् जम्मा ५ करोड ०५ लाख ६० हजार रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

अघिल्लो महिना अर्थात् २०७८ असार महिनाो तथ्याङ्कसँग तुलना गर्ने हो भने एक महिनामा क्यूआर कोडमार्फत् भएको कारोबार रकममा १४ करोड ५ लाख रुपैयाँले वृद्धि भएको छ।

उक्त महिना भएको कारोबार सङ्ख्या ८ लाख ५५ हजार ५६६ रहेकामा हाल आएर ४ लाख ३७ हजार ७८३ ले बढेर १२ लाख ९३ हजार ३४९ पुगेको देखिएको छ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरणमा बढ्दो प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको छ।

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार