शाओमी टेलिभिजनमा दशैं अफर “मी लिएको छैन”, खरिदमा ३० हजार रुपैयाँसम्म छुट पाईने

  • Technology Khabar | ७ आश्विन २०७८, बिहीबार
शाओमी टेलिभिजनमा दशैं अफर “मी लिएको छैन”, खरिदमा ३० हजार रुपैयाँसम्म छुट पाईने

काठमाडौं ।

शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरुको खरिदमा विशेष छुटको घोषणा गरेको छ। एमआई फ्यानहरुले यस अफर अनुरुप विभिन्न एमआई एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुटहरु प्राप्त गर्नेछन्।

यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने,“देशमा शाओमी टेलिभिजन लन्च भएदेखि नै हामीले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएका छौँ । जसमा हाम्रा उपकरणहरु मध्ये प्रिमियम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन्। दशैँलाई लक्षित गर्दै शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न र शाओमीका टेलिभिजनहरुमा आफ्ना प्रियजनहरुसँग आफुलाई मनपर्ने कार्यक्रमहरु हेर्नको लागि यो विशेष छुटको अफर ल्याएको हो ।

यसमा कम्पनीले न्यूनतम ४ हजार रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म छुट दिने जनाएको छ।

टेलिभिजनको एमआरपी दरहरु र उनीहरुमा पाइने विशेष छुटहरु यस प्रकार रहेका छन्:-

सि.नं. मोडलहरुएमआरपीदशैँको अफर दर
एमआई एलईडी टिभी ४ए प्रो ३२३८,९९९.००३४,९९९.००
एमआई एलईडी टिभी ४ए ४०४४,९९९.००३९,९९९.००
एमआई एलईडी टिभी४ए४३ होराइजन४९,९९९.००४६,९९९.००
एमआई एलईडी टिभी ४एक्स ४३६४,९९९.००५४,९९९.००
एमआई एलईडी टिभी४एक्स ५५८९,९९९.००७९,९९९.००
एमआई एलईडी टिभी४एक्स ६५१,३९,९९९.००१,०९,९९९.००

यो अफर सीमित अवधिको लागी मात्र लागुहुने कम्पनीले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार