
काठमाडौं ।
हामी दैनिकरुपमा र हरेक क्षण मोबाइल फोन प्रयोग गर्ने गर्दछौं । यस बाहेक व्यवसायीक कार्य र कार्यालयको कामको लागि हामीले ल्यापटप वा डेस्कटप कम्प्यूटर प्रयोग गर्ने गर्दछौं । अधिकांश मानिसहरुले कोरोना महामारीपछि घरबाटै कार्यालयको काम गर्न ल्यापटप वा डेस्कटप प्रयोग गरेका थिए । त्यसैगरि हाल अनलाइन कक्षाका लागि समेत ल्यापटप वा डेस्कटप प्रयोग हुँदै आएको छ।
हामीले दैनिकजसो प्रयोग गर्ने ल्यापटप वा डेस्कटप कम्प्यूटर कति सुरक्षित र भरपर्दो छ त ? यस बारेमा भने पक्कै तपाईँको ध्यान गएको छैन् ।
यी डिभाइसहरु पनि तपाईँको मोबाइल फोन जस्तै संवेदनशिल र जोखिमयुक्त हुन्छन् । त्यसैले यसलाई सुरक्षित गर्नु आवश्यक हुन्छ ।
ह्याकरहरुले ल्यापटप वा डेस्कटप कम्प्यूटर प्रयोगकर्तालाई समेत लक्षित गरेर ह्याक गर्ने वा डाटा चोर्ने प्रयास गरिरहेका हुन्छन् । त्यसैले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो ल्यापटप वा डेस्कटप कम्प्यूटरलाई सुरक्षित गर्ने उपायहरुको बारेमा जानकारी दिएको छ ।
हेर्नुस यस्तो छ ल्यापटप वा डेस्कटप कम्प्यूटर सुरक्षाका उपायहरुः
Public-Advisory-Desktop-Securityप्रकाशित: ७ आश्विन २०७८, बिहीबार