सबै अदालती मुद्दा नसकिएसम्म एप्पल एप स्टोरमा एपिकको ‘फोर्टनाइट’ लाई रोक

  • Technology Khabar | ७ आश्विन २०७८, बिहीबार
सबै अदालती मुद्दा नसकिएसम्म एप्पल एप स्टोरमा एपिकको ‘फोर्टनाइट’ लाई रोक

काठमाडौं ।

एप्पल इंकले आईफोन निर्माताको लोकप्रिय एप स्टोरमा फोर्टनाइट गेमलाई कालोसूचीमा राखेको छ। एपिक गेम्सका मुख्य कार्यकारी अधिकारी टिम स्वीनीले बुधवार भनेअनुसार जबसम्म सबै अदालती अपिलहरु पूरा हुँदैनन त्यसबेलासम्म एप्पलले फोर्टनाइट गेमलाई कालोसूचीमा राख्नेछ।

अदालतको फाइलिङअनुसार एपिक गेम्सको प्रारम्भिक अपिल अमेरिकाको नवौं सर्किट कोर्ट अफ अपिलमा डिसेम्बर १२ मा हुनेछ र एप्पलको जवाफ जनवरी २०, २०२२सम्म आउन लागेको छ। पूर्ण अपील प्रक्रियामा बर्षौं लाग्न सक्छ।

स्वीनीले बुधबार ट्विटरमा एप्पलको कदमको खण्डन गर्दै कम्पनीले टेक जायन्टसँग लड्न जारी राख्ने बताए।

“यो एप्पलद्वारा अर्को असाधारण प्रतिस्पर्धा विरोधी कदम हो, बजारलाई चाहेको आकार दिन तथा बिजेता र हरुवाको छनौट गर्नको लागी आफ्नो शक्तिको प्रदर्शन हो,” स्वीनीले ट्विटरमा भने।

दुई कम्पनीहरु गत बर्ष अगस्ट देखि एक कानूनी विवादमा फसेका छन् जब खेल निर्माताले आफ्नो इन-एप भुक्तानी प्रणाली शुरू गरेर एप स्टोरमा केहि इन-एप खरिदमा एप्पलको ३० प्रतिशत कमिशन शुल्कलाई बाइपास गर्न कोशिश गरेको थियो ।

गेम्स कम्पनीको मुद्दाका साथै अमेरिकी टेक जायन्ट अन्य कानूनी र नियामक चुनौतिहरुको सामना गरिरहेको छ।

प्रकाशित: ७ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...