इजरायली अटोमोटिभ्स साइबर सुरक्षा स्टार्टअप साइबेलमलाई एलजीले किन्यो

  • Technology Khabar | ७ आश्विन २०७८, बिहीबार
इजरायली अटोमोटिभ्स साइबर सुरक्षा स्टार्टअप साइबेलमलाई एलजीले किन्यो

काठमाडौं ।

एलजी इलेक्ट्रोनिक्सले बिहीबार इजरायली अटोमोटिभ्स साइबर सुरक्षा स्टार्टअप साइबेलमलाई अधिग्रहण गरेको जनाएको छ।

इजरायलको तेल अभीभमा आधारित साइबेलम सन् २०१६ मा स्थापित भएको थियो र जोखिम मूल्यांकन सफ्टवेयर सेवा उपलब्ध गराउँछ। यसले भल्नराबिलिटी र जोखिमको लागी गाडीमा भएका कम्पोनेन्टहरुलाई सफ्टवेयरबाट स्क्यान गर्न सक्छ।

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स निर्माता कम्पनीले स्टार्टअपसँग ६३.९ प्रतिशत शेयर खरिद गर्न सम्झौता गरेको छ। एलजीले यस बर्षको अन्त्यसम्म साइबेलमको अतिरिक्त शेयरहरु प्राप्त गर्ने छ, र त्यसपछि रकमलाई अन्तिम रूप दिइनेछ।

एलजीले २ करोड डलर बराबरको एक अतिरिक्त अनुबन्धमा पनि हस्ताक्षर गरेको छ, जसले भविष्यको इक्विटीको लागी स्टार्टअपको साथमा २०२२ को अन्त्यबाट २०२३ को पहिलो अर्धवार्षिकसम्म कोषहरुलाई अधिक शेयरमा रूपान्तरण गर्नको लागी उपयोग हुनेछ।

साइबेलमको वर्तमान व्यवस्थापन टोलीले स्वतन्त्र रूपमा कम्पनी चलाउन र यसको विद्यमान अटोमोबाइल र कम्पोनेन्ट पार्टनरहरुसंग काम गर्न जारी राख्ने एलजीले बताएको छ।

दक्षिण कोरियाली कम्पनीको अनुसार, धेरै सवारी साधनहरु नेटवर्कमा जोडिएसँगै अटोमोटिभ्स उद्योगमा सुरक्षाको महत्व अधिक महत्वपूर्ण बनेको छ। “यसको कारण, साइबर सुरक्षा एक भेहिकलको जीवन चक्रको गुणस्तर, डिजाइन, विकास र ड्राइभिङ्ग क्षमताको लागी एक महत्वपूर्ण ब्यारोमीटर बनेको छ,” कम्पनीले भन्यो।

साइबेलमको सलुसनको माध्यमबाट एलजीले इन्फोटेनमेन्ट र टेलीम्याटिक्सको क्षेत्रमा आफ्नो मोटर भेहिकल प्रस्तावहरुमा सुरक्षा प्रणालीको सुदृढीकरण गर्नेछ । जसले गर्दा बिभिन्न देशहरुमा सुरक्षा नियमहरुलाई छुट्याउन र अटोमोबाइल निर्माताहरुको लागी एक विश्वसनीय साझेदार बन्ने छ।

एलजीले हाल विभिन्न सफ्टवेयर र सवारी साधनहरुको लागी कम्पोनेन्टहरु प्रदान गर्दछ। यसको सम्बद्ध एलजी डिस्प्लेले पनि अटोमोबाइल कम्पनीहरु लाई डिस्प्ले प्यानल आपूर्ति गर्दछ। एजेन्सी

प्रकाशित: ७ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...