
काठमाडौं ।
आसियान इकोनोमिक र फ्री व्यापार ब्लकले डिजिटल व्यापार सम्झौताको विकास गर्न सहमत भएकोले डिजिटल व्यापार फोरम निकाई समूह र आईएसईएएस–युसोफ इज्याक संस्थानद्वारा क्रस–बोर्डर डिजिटल व्यापार फ्रेमर्वक र सप्लाई चेनमा नजिकबाट हेर्नको लागी संगठित सरकारी संगठन, थिंक ट्यांक र अनलाइन उद्योगका व्यक्तिहरु एकत्रित गरिएको छ।
“आगामी पाँच बर्ष एक समावेशी, दिगो र एकीकृत डिजिटल अर्थव्यवस्थाको समुदायको लागि आसियानलाई रूपान्तरण गर्नको लागि एक महत्वपूर्ण चरण हो,” डा. ले क्वांग लान, आईसीटी र पर्यटन आसियान सचिवालयको सहायक निर्देशकले जोड दिए, “यस प्रक्रियाको लागि आसियान सदस्य राज्यबाट कडा प्रतिबद्धता, आसियानको क्षेत्रीय निकायहरुको बीच प्रभावी समन्वय र निजी क्षेत्र सहित सरोकारवालाहरुको ठूलो योगदानको आवश्यकता रहेको छ”।
उनले निकाई, आईएसईएएस र ह्वावेलाई फोरमको आयोजनाको पहलको लागि धन्यवाद दिए जुन “कसरी इनपुट संगठित गर्न सकिन्छ भन्ने एक राम्रो उदाहरण” थियो ।
ह्वावे एशिया प्रशान्तका उपाध्यक्ष जे चेनले यस क्षेत्रमा बृद्धिको सम्भावना अनलक गर्नको लागि डिजिटल परिवर्तन छरितो गर्नु र नयाँ नियमहरुमा डिजिटल पारिस्थितिको कोलाबोरेसन बारे मन्तब्य दिए । दक्षिणपूर्वी एशियालाई विकासको लागि यो महत्वपूर्ण पाँच बर्षहरुमा अवसरहरुको उपयोग गर्नको लागि ह्वावेले “एशिया प्रशान्तमा, एशिया प्रशान्तको लागि” प्रतिज्ञा अन्तर्गत पूर्वाधार, कनेक्टिविटी, नर्चर स्टार्ट–अप र डिजिटल कुशल प्रतिभा उत्पादन गर्न प्रतिबद्ध रहेको बताए ।

डा. जयंत मेनन, आईएसईएएसका भिजिटिङ सिनियर फेलोका अनुसार “महामारीले गर्दा एन्टी–ग्लोबलाइजेसन शक्तिहरुको फोकस व्यापार उदारीकरणबाट पूँजी, श्रम र डाटा गतिशीलतामा सरेको छ।”, उनले डिजिटल रुपान्तरणको जुन चरणमा भएपनि यस क्षेत्रमा रहेको सबै देशहरुलाई फाइदा हुने गरी डिजिटलाइजेसनबाट विन-विन नतिजाका अवसरहरुलाई पनि प्रकाश पारे । उनले सप्लाई चेन र कागज रहित व्यापारको डिजिटलीकरणको पनि कुरा गर्नु भयो जसले व्यापारलाई फराक र दक्ष बनाउँछ ।
फोरममा वक्ताहरुले एआई क्लाउड, इन्टरनेट अफ थिंग्स र फाइभजी जस्ता अत्याधुनिक प्रविधिहरु सबै डिजिटल पूर्वाधार हुन् भन्ने कुरा पनि उल्लेख गरे । ब्लेन्डेड भर्टिकल औद्योगिक विकास र निजी क्षेत्र कोष सङ्गै डिजिटल पूर्वाधारमा लगानीको महत्वमा जोड दिइएको थियो ।
नयाँ डिजिटल व्यापार नियमहरुले क्षमता अनलक गर्न सक्छन्, उदाहरणको लागि डिजिटल कागजात लेनदेनले २० प्रतिशतसम्मको लागत बचाउन सकिन्छ ।
दक्षिण पूर्वी एशियामा सरोकारवालाहरु बीच गहिरो विश्वास बनाउनुको महत्व सबै सहभागीहरुद्वारा प्रतिध्वनित भएको थियो । डा. जोहान्स फ्रिट्ज, सेन्ट ग्यालेन एन्डोमेन्ट फर प्रोस्पेरिटी थ्रु ट्रेड का सीईओले पारस्परिक विश्वास र डाटा गभर्नन्सको मान्यता डिजिटल व्यापारलाई अगाडि बढाउने एक महत्वपूर्ण तत्व भएको बताए । डिजिटल डिभाइड, साइबरसुरक्षा र डाटा व्यवस्थापन (विशेष गरी कम विकसित देशहरु र फ्रन्ट–रनरहरु बीच) को चिन्तनलाई सम्बोधन गर्नको लागि, निजी कम्पनीहरु नीति निर्माणमा बहुमूल्य योगदानकर्ता हुन् किनभने उनीहरु यथार्थपरक नियमहरुलाई आकार दिन मद्दत गर्दछन्, जुन बिजनेस फ्रेन्डली छ, जुन साझा रुचिलाई स्वीकार गर्दछ र सामाजिक अन्तर जस्तै इन्टरनेट पूर्वाधार र डिजिटल कौशल बिच पुल बन्दछ ।
क्षेत्रीय व्यापक आर्थिक साझेदारी, क्षेत्रीय व्यापार तथा यस क्षेत्रको अरु एफटिएहरुको लागी एक महत्वपूर्ण बिल्डिङ ब्लक हो । डिजिटलाइजेशनले यी सम्झौताहरुबाट प्रवाह हुने लाभहरुमा सुधार ल्याउन सक्छ । भर्खरै आयोजित आसियान इकोनोमिक मिनिस्टरस् (एईएम) बैठकले डिजिटल एकीकरणको पहललाई हाइलाइट र सिमलेस र सुरक्षित वस्तु, सेवा र डाटाको प्रवाहमा जोड दिएको थियो।
प्रकाशित: ६ आश्विन २०७८, बुधबार