काठमाडौं ।
जर्मन संघीय नेटवर्क एजेन्सी, बुन्डसनेटचाजेन्चरले (Bundesnetzagentur) ब्लकचेन टेक्नोलोजीको उपयोग, लाभ र जोखिममा दिशानिर्देश प्रकाशित गरेको छ।
दिशानिर्देशहरुमा ब्लकचेन टेक्नोलोजीको संयोजन अन्य डिजिटल टेक्नोलोजीहरु जस्तै आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) वा इन्टरनेट अफ थिंग्ससँग गर्ने बारेमा जानकारी समावेश गरिएको छ।
नियामकले नियमन गरिएका नेटवर्कको क्षेत्रमा ब्लकचेन एपहरुको प्रयोग, सार्वजनिक प्रशासनमा टेक्नोलोजीको सम्भावित उपयोगका लागि एक सिंहावलोकन गर्नको लागी एक नयाँ पोर्टल स्थापित गरेको छ।
त्यसैगरी मध्यम आकारको फर्महरुको लागी अवसर र चुनौतिहरु प्रदान गर्ने विषय समेत त्यसमा उल्लेख छ। एजेन्सीहरु
प्रकाशित: ६ आश्विन २०७८, बुधबार