रोबिनहूडद्वारा क्रिप्टो वालेट परीक्षण, क्रिप्टोकरेन्सी ट्रान्सफर पनि गर्न मिल्ने

  • Technology Khabar | ५ आश्विन २०७८, मंगलवार
रोबिनहूडद्वारा क्रिप्टो वालेट परीक्षण, क्रिप्टोकरेन्सी ट्रान्सफर पनि गर्न मिल्ने

काठमाडौं ।

अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको रोबिनहूड मार्केट्स इंकले क्रिप्टो वालेट तथा क्रिप्टोकरेन्सी ट्रान्सफर फिचरको परीक्षण गरिरहेको बताइएको छ।

यो एपले उपभोक्ताले बिटक्वाइन लगायतका डिजिटल मुद्रा पठाउन र प्राप्त गर्न सक्ने ब्लूमबर्गले सोमबार जनाएको छ।

आईफोन एपका लागि बनाइएको बिटा भर्सनमार्फत् कम्पनीले यी सुविधाहरु परीक्षण भइरहेको रिपोर्टमा उल्लेख छ।

रिपोर्टमा यूजरलाई क्रिप्टो वालेट फिचरमा साइन अप गर्नका लागि प्रतिक्षामा रहेकाहरुको लामो सूची रहेको बताइएको छ।

तर यसबारेमा रोबिनहूडका प्रवक्ताले प्रतिक्रिया दिन नमानेको बुझिएको छ।

कम्पनीको खुद्रा शेयरधनीहरुले क्रिप्टो वालेटलाई लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए। गत महिना कम्पनीले आफ्नो पहिलो  त्रैमासिक विवरण सार्वजनिक गर्नु एक दिनअघि ‘से’ भन्ने प्लेटफर्ममा सबैभन्दा मुख्य रुपमा सोधिएको प्रश्न रोबिनहूडले क्रिप्टो वालेट ल्याइरहेको साँचो हो वा होइन भन्ने थियो।

प्रकाशित: ५ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...