एप्पलले नयाँ डिजाइन गरिएका म्याकबुक एयर, एयरपोड्स प्रो र आईप्याड प्रो अर्को वर्ष आउने

  • Technology Khabar | ५ आश्विन २०७८, मंगलवार

काठमाडौं ।

एप्पलको सेप्टेम्बर १४ मा आयोजना भएको क्यालिफोर्निया स्ट्रिमिङ इभेन्टमा एप्पलले नयाँ आईफोन १३ सिरिजका स्मार्टफोनसहति अन्य डिभाइस सार्वजनिक गरेको थियो। इभेन्टमा कम्पनीले आफ्ना नयाँ आईप्याड, आईप्याड मिनी र एप्पल वाच सिरिज ७ समेत ल्याएको थियो।

कम्पनीले आफ्ना बहुप्रतिक्षित डिभाइसहरु लन्च गरेसँगै अब कम्पनीको अर्को उपकरण कहिले सार्वजनिक गर्ला भन्ने प्रश्न र चर्चा हुन थालेको छ।

ब्लूमबर्गका मार्क गुर्मानकाअनुसार एप्पलले यो वर्षको अन्त्यसम्म नयाँ एप्पल सिलिकन म्याक, एयरपोड्स प्रो र आईप्याड प्रो ल्याउने तयारी गरिरहेको छ। तर, उपभोक्ताले अन्य ठूलो उपकरणका लागि भने अर्को वर्षसम्म नै प्रतिक्षा गर्नुपर्ने हुन्छ।

भर्खरको रिपोर्टकाअनुसार एप्पल यसको धेरै अफरहरुको नयाँ डिजाइनमा काम गरीरहेको छ। कम्पनीले २०२२ मा आफ्नो म्याकबुक एयर, एयरपड्स प्रो, आईप्याड प्रो र अन्य धेरै डिजाइन नयाँ गर्न सक्ने टेक हिन्दुस्तानले उल्लेख गरेको छ।

तर कम्पनीले सन् २०२१ का लागि अझै केही उपकरण सार्वजनिक गर्न तयार पारेर राखेको बताईएको छ, जसमा नयाँ म्याकबुक प्रोका मोडल र एयरपोड्स आउने गुर्मानले बताएका छन्।

योसँगै एप्पलले यस वर्ष दुई ठूला कार्यक्रम आयोजना गर्ने छ।

गुर्मानका अनुसार सन् २०२२ मा पनि एप्पलले एकदुईवटा डिभाइस सार्वजनिक गर्न सक्छ। यो सूचीमा एप्पल सिलिकनका साथमा अपडेटेड म्याक प्रो, अपडेटेट म्याकबुक एयर र सिसाले बनेको आईप्याड प्रो हुने अनुमान छ। यसमा कम्पनीले नयाँ एयरपोड्स पनि थप्न सक्ने बताइएको छ। सो एयरपोड्समा फिटनेस ट्रयाक गर्न सक्ने सेन्सर राखिएको हुनेछ।

यसैगरी अर्को वर्ष एप्पलले एआर र भिआर फिचर भएको मिक्स्ड रियालिटी हेडसेट पनि बजारमा सार्वजनिक गर्न सक्ने मार्क गुर्मानको अनुमान छ।

उनले एप्पलको फोल्डेबल आईफोन र होमपड र एप्पल टिभीको संयुक्त प्याक फेस टाइम क्यामरा लगायतका बारेमा पनि बताएका छन् तर यी कहिले आउँछन भन्न सकिएको छैन् । यी डिभाइसहरु पाईपलाइनमा भएपनि अझै केहि वर्ष लाग्ने अनुमान छ ।

प्रकाशित: ५ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया