अब रेल पनि ब्याट्रीबाट चल्ने, वेबटेकद्वारा पहिलो विद्युतीय रेलको अनावरण

  • Technology Khabar | ५ आश्विन २०७८, मंगलवार
अब रेल पनि ब्याट्रीबाट चल्ने, वेबटेकद्वारा पहिलो विद्युतीय रेलको अनावरण

काठमाडौं ।

रेल फ्रेट निर्माता वेबटेक कर्पोरेशनले ‘विश्वकै पहिलो ब्याट्रीबाट चल्ने विद्युतीय फ्रेट रेल’ को नयाँ भर्सनको आधिकारिक रुपमा अनावरण गरेको छ।

एफएलएक्सड्राइभ ब्याट्री लोकोमोटिभ नाम भएको उक्त विद्युतीय रेल प्रोटोटाइप मात्र नभइ कम्पनीले पहिलोपटक यो रेल बिक्री गरेपछि गत हप्ता पिटसबर्गमा यसको परीक्षण पनि गरिएको थियो।

वेबटेक कर्पोरेशन झण्डै डेढ सय वर्षअघिदेखि रेलको निर्माण तथा फ्रेट अर्थात् ढुवानी गर्ने कम्पनी हो। कम्पनीले रेललाई नै ब्याट्रीबाट चल्ने बनाएर कम्पनीले ‘कार्बनरहित लोकोमोटिभ यातायात’ को नयाँ युगको शुरुवात गर्नमा योगदान पुर्याएको छ।

गत जुनमा वेबटेक ४ लाख ३० हजार पाउन्ड तोल तान्नसक्ने ब्याट्री-विद्युतीय एफएलएक्सड्राइभ गुरुयोजनाको मध्यमा रहेको थियो।

यो रेल क्यालिफोर्निया एयर रिसोर्स बोर्डको २ करोड २६ लाख डलर अनुदान, बीएनएसएफ रेलवे तथा सान जोआक्विन भ्याली एयर पोलुशन कन्ट्रोल डिस्ट्रिक्टको सहयोगमा निर्माण गरिएको थियो।

यो रेलले २० हजारओटा लिथियम आयोन ब्याट्रीमार्फत् २२.५ टन अर्थात् २.४ मेगावाटआवर उर्जा क्षमता प्रदान गरेको छ। परिणामस्वरुप एफएलएक्स प्रोटोटाइपको गति ७५ किमी प्रतिघण्टा सम्म पुग्ने र यसले ३५० माइल दूरी तय गर्न सक्ने बताइएको छ।

यसको गुरुयोजना बाहेक वेबटेकले जनरल मोटर्ससँग उसको जीएम अल्टियम ब्याट्री प्रविधिलाई वेबटेकको फ्रेट लोकोमोटिभ रेलमा प्रयोग गर्न सम्झोतापत्रमा हस्ताक्षर गरेको पनि बताएको छ।

कम्पनीले एफएलएक्स ड्राइभको सबैभन्दा पहिलो रेल बेचेको अहिले भने अमेरिकाको पेन्सल्भानियामा यसको पछिल्लो भर्सन अनावरण गरेको हो।

एजेन्सीका साथमा

प्रकाशित: ५ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार